• ४ चैत २०८१, सोमबार

जाजरकोटमा रुखबाट लडेर दुई जना महिलाको मृत्यु

blog

वासुदेव शर्मा  

जाजरकोट, चैत ४ गते । जाजरकोटमा रुखबाट लडेर दुई जना महिलाको मृत्यु भएको छ । कुशे गाउँपालिका ९ की १८ बर्षीया पुष्पानाथ गिरी र छेडागाड नगरपालिका ६ मेहेल्यका ४६ वर्षीया सरिता केसीको रुखबाट लडेर मृत्यु भएको हो ।

शनिवार बिहान १० बजे छेडागाड नगरपालिका १० नलफु स्थित माइती घरमा गएको बेला काफल खाने क्रममा रुखबाट लडेर घाइते भएपछि उपचारका लागी नेपालगन्ज लिएको थियो । घाइते गिरीको उपचारका क्रममा कोहलपुर अस्पतालमा आइतबार दिउसो तिन बजे मृत्यु भएको कुशे गाउँपालिका ९ का वडा अध्यक्ष शिवराज गिरीले बताउनुभयो । 

छेडागाड नगरपालिका ६ की सरिता केसीको घाँस काट्ने क्रम मा रुखबाट लडेर आइतबार मृत्यु भएको छ । छेडागाड नगरपालिका ६ उलीसैन जङ्गलमा घाँस काट्न क्रममा रुखबाट लडेर दिउसो दुई बजे मृत्यु भएको हो ।