• १९ चैत २०८१, मङ्गलबार

पाँच सय ४७ केजी तयारी गाँजासहित चालक पक्राउ

blog

प्रहरीले बर्दिबास ३ गौरीडाँडास्थित बिपी राजमार्गबाट तयारी गाँजासहित नियन्त्रणमा लिएको मिनी ट्रक । तस्बिर: नेपाल प्रहरी

रवीन्द्र उप्रेती

बर्दिबास, चैत ४ गते । बर्दिबास प्रहरीले ५४७ किलो गाँजासहित मिनी ट्रक र यसका चालकलाई नियन्त्रणमा लिएको छ । 

इलाका प्रहरी कार्यालय बर्दिबास र लागु औषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले सिन्धुलीबाट बर्दिबासतर्फ आउँदै गरेको बा ३ ख ५८३२ नं को नीलो रङ्गको मिनी ट्रकबाट उक्त परिमाणको तयारी गाँजा फेला परेको हो । 

बर्दिबास ३ स्थित बिपी राजमार्गमा आइतबार साँझ मिनी ट्रकको फल्स बटनभित्र रातो प्लास्टिकमा राखिएको ३५ पोका गाँजा बरामद भएको इलाका प्रहरी बर्दिबासका प्रहरी नायव उपरीक्षक रेवती रमण पोखरेलले जानकारी दिनुभयो ।  

गाँजा बरामदसँगै काठमाडौँ कामनपा ६ टोखा ग्रिन ल्यान्डमा डेरा गरी बस्दै आएका सिन्धुपाल्चोक बाहृबीसे ७ का ३७ वर्षीय चालक सलिन मगरलाई नियन्त्रणमा लिएको बर्दिबास प्रहरीले जनाएको छ ।