काठमाडौँ, चैत ३ गते । युगान्डामा जारी महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत तेस्रो स्थानका लागि आइतबार तय भएको नेपाल र हङकङबिचको खेल वर्षाका कारण रद्द भएको छ ।
वर्षाका कारण एन्टेब्बे क्रिकेट ओभलमा तय खेलमा टस समेत हुन सकेन । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा रहेका थिए । यसअघि लिग चरणको दुई भेटमा हङकङ दुई रन र नेपाल ६ विकेटले विजयी भएको थियो ।
सिरजमा नेपालले नामिबियासँग दुवै खेलमा हार खेपेको थियो । घरेलु टोली युगान्डासँग भने एक जित र हारको नतिजा निकालेको थियो ।