• २८ फागुन २०८१, बुधबार

महेन्द्र बहुमुखी क्याम्पस दाङको स्ववियु कार्यसमिति सर्वसम्मत

blog

स्ववियुको कार्यसमितिमा निर्विरोध निर्वाचित पदाधिकारी ।

सन्तोष दहित

दाङ, फागुन २८ गते।  साविक राप्तीको जेठो क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस दाङको स्ववियुका अध्यक्षमा दिपेशकुमार डिसी सर्वसम्मत चयन हुनुभएको छ। पाँच विद्यार्थी सङ्गठनको सहमतिमा अध्यक्षमा नेविसङ्घका नेता डिसी अध्यक्षमा चयन हुनुभएको हो।

नेविसङ्घ, अनेरास्वविय, अखिल (क्रान्तीकारी) र अखिल (समाजवादी)बिच सहमति भएपछि चार विद्यार्थी सङ्गठनले अध्यक्षसहित पदाधिकारी र कार्य समिति सदस्यमा बाँडफाड गरेको अनेरास्ववियुका नेता सागर पण्डितले जानकारी दिनुभयो।

उहाँको अनुसार स्ववियुको उपाध्यक्षमा अखिल (क्रान्तीकारी)को भागबाट प्रशान्त पोख्रेल, सचिवमा अनेरास्ववियुको तर्फबाट सागर पण्डित र सहायक सचिवमा अखिल (समाजवादी)का दीपक केसी र कोषाध्यक्षमा नेविसङ्घका रमिला शर्मा निर्विरोध निर्वाचित हुनुभएको हो। 

२१ सदस्यीय पदाधिकारी रहेको स्ववियुको सदस्यमा  सदस्यमा नेविसङ्घबाट वसन्त भण्डारी, चन्द्रा पाण्डेय, पुरुषोत्तम  झा, इमन घिमिरे, एश्वर्य ददेल, मदन खड्का निर्वाचित हुनुभएको छ। 

त्यस्तै, अखिल (क्रान्तिकारी)बाट मधुसदन गिरी, एलिना महरा, प्रकाश केसी, त्रिदेवी वली, सीताकुमारी बुढामगर सदस्यमा चयन हुनभएका छ।

यसैगरी अनेरास्ववियुबाट पुष्प सुवेदी, अखिल (समाजवाद)बाट खुम रिजाल, दिनेश डाँगी, विकास खड्का र स्वतन्त्र विद्यार्थी समूहबाट समीक्षा शर्मा यचन हुनुभएको छ।