• २८ फागुन २०८१, बुधबार

बजारमा म्याद नाघेका सामग्री

blog

हुम्ला समाचारदाता

हुम्ला, फागुन २८ गते । गाउँपालिका स्तरमा बजार अनुगमन भएको छ । ती बजारमा म्याद गुज्रेका सामग्रीको बिक्री गर्ने कार्य भइरहेको जानकारीका आधारमा अनुगमन गरिएको हो ।

पहिलो पटक जिल्ला स्तरबाट सर्केगाड बजारको अनुगमन गरिएको छ । जिल्ला सदरमुकाम सिमकोटपछिको मुख्य बजारका रूपमा हेरिएको सर्केगाड गाउँपालिकाको केन्द्र सर्केगाड बजारमा प्रयोगका लागि अयोग्य सामग्री, मुख्य सूची, व्यवसाय दर्ता, नवीकरणलगायतका विषयका बारेमा जानकारी लिनका लागि बजार अनुगमन कार्य भएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख श्रीबहादुर विष्टले बताउनुभयो ।