• २८ फागुन २०८१, बुधबार

वीर अस्पतालको निर्देशकमा डा. शर्मा नियुक्त

blog

वीर अस्पतालको निर्देशकमा नियुक्त हुनुभएको डा. दिलीप शर्मा । फाइल तस्बिर

काठमाडौँ, फागुन २७  गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीर अस्पतालको निर्देशकमा डा. दिलीप शर्मालाई नियुक्त गरेको छ ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा गठित समितिको सिफारिसअनुसार डा. शर्मालाई उक्त पदमा सिफारिस गरेका थियो । 

नवनियुक्त निर्देशक डा. शर्मा सोही अस्पतालमा १० औँ तहका कर्मचारी हुनुहुन्छ ।