• २८ फागुन २०८१, बुधबार

रिजर्भ एन्टिवायोटिक्स अस्पतालको फार्मेसीबाट मात्र बिक्री गर्न निर्देशन

blog

औषधी व्यवस्था विभाग

काठमाडौँ, फागुन २७ गते । औषधी व्यवस्था विभागले रिजर्भ एन्टिवायोटिक्स अस्पताल फार्मेसीबाट मात्र बिक्री गर्न निर्देशन दिएको छ ।

विभागले सोमबार सूचना निकाल्दै मेरोपेनम, पोलिमिक्सिन बी, पाइपरसिलिन टाजोब्याक्टम, भ्यानकोमाइसिन, कोलिस्टिन, लाइनजोलिड गरी ६ प्रकारका रिजर्भ एन्टिबायोटिक अस्पताल फार्मेसीबाट मात्र बिक्री गर्न निर्देशन दिएको हो ।

खुद्रा फार्मेसीमार्फत रिजर्भ समूहको औषधीको बिक्रीले सोको अनुचित प्रयोग हुन सक्ने  र सोबाट प्रतिजैविक प्रतिरोध बढ्न जाने हुँदा रिजर्भ समूहको औषधीको समुचित  नियमन र प्रयोग गर्न औषधी सल्लाहकार समीतिको ५७ औँ बैठकले यस्तो निर्णय गरेको विभागले उल्लेख गरेको छ ।    

विभागका अनुसार प्रतिजैविक औषधीको राष्ट्रिय खपतको विवरणले रिजर्भ समूहका प्रतिजैविक औषधीको खपत बढ्दै गइरहेको छ । पशुपक्षीमा प्रयोग हुने औषधीहरूको प्रयोगसम्बन्धी प्रतिजैविक सर्भिलेन्सको समेत अभाव छ । औषधी सिफारिसकर्ता, औषधी बिक्रेता र प्रयोगकर्तालाई प्रतिजैविक औषधीको वर्गीकरणबारे पर्याप्त ज्ञान नभएकाले त्यस्ता औषधीको अनुचित प्रयोग हुन गई प्रतिजैविक प्रतिरोध बढ्ने सम्भावना छ ।