अमरराज नहर्की
तनहुँ, फागुन २७ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) तनहुँ शाखाको अध्यक्षमा ममता गुरुङ सर्वसम्मत रूपमा चयन हुनुभएको छ । सोमबार साँझ सम्पन्न पाँचौँ जिल्ला अधिवेशनबाट गुरुङ अध्यक्षमा चयन हुनुभएको हो ।
उपाध्यक्षमा सुमन श्रेष्ठ, सचिवमा सुबिना थापामगर, कोषाध्यक्षमा नुक्त भुजेल, सहसचिवमा करिश्मा गुरुङ चयन हुनुभएको छ । सदस्यहरुमा भूमिका आले, मिलन तामाङ, रिमा गुरुङ र रामबहादुर धामी निर्वाचित हुनुभएको छ । केन्द्रीय प्रतिनिधिमा प्रताप राना, किरण श्रेष्ठ र सन्तोषी श्रेष्ठ चयन हुनुभएको छ ।
प्रदेश प्रतिनिधिमा सुनिता थापा, सुमन श्रेष्ठ र खड्क बहादुर आले चयन हुनुभएको छ । अधिवेशनको फोनिजका केन्द्रीय सदस्य मिला दरैले उद्घाटन गर्नुभएको थियो ।