• २७ फागुन २०८१, मङ्गलबार

धनकुटामा सडक नाटक

blog

हिले समाचारदाता 

हिले, फागुन २७ गते । अन्तर्राष्ट्रिय रङ्गकर्मीको एक समूहले धनकुटामा विभिन्न देशका सडक नाटक प्रदर्शन गरेको छ । धनकुटा नगरपालिका–५ स्थित कोप्चेमा सर्वनाम नाटक संस्थाको सहयोगमा कोप्चे पुनर्जागरण अभियानको आयोजनामा नाटक आयोजना गरिएको हो । प्रदर्शनमा नेपाल, भारत बङ्गलादेश, दक्षिण कोरिया, फिलिपिन्स, जापानलगायत १७ देशका ४० जना कलाकारको सहभागिता रहेको छ । नाटक मूर्त र अमूर्त रूपमा प्रस्तुत गरिएको थियो । धनकुटामा विभिन्न देशका नाटक प्रदर्शन गरिएको अभियानका सचिव उज्ज्वल कर्माचार्यले जानकारी दिनुभयो ।  

सडक नाटक धनकुटालगायत बैङ्कक, ढाका, काठमाडौँ, सिओल, भुवनेश्वर, लिल, साङ्घाई, बुसान, हङकङ, लन्डन, टोकियोलगायतका स्थानमा आयोजना हुने जनाइएको छ । सो क्रममा लिम्बूको ढोल नृत्य, नेवारको कुमारी नृत्य प्रस्तुत गरिएको थियो ।