• २७ फागुन २०८१, मङ्गलबार

बास्केटबलमा जेभियर र हेराल्डको दोहोरो जित

blog

सोमबारको खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौँ, फागुन ११ गते । जेभियर र हेराल्ड इन्टनरनेसनल कलेजले हिसान सेन्ट्रल इन्टर कलेज बास्केटबल च्याम्पियनसिपमा दोहोरो जित निकालेको छ । 

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सोमबार सम्पन्न समूह ‘ए’ को खेलमा जेभियरले दोहोरो जित हासिल गरेको हो । जेभियरले पहिलो खेलमा ऋत एकेडेमीलाई ५८–३५ को स्कोरले हरायो । जेभियरको जितमा प्रीतम थिङले १० अङ्क बनाउनुभयो । 

जेभियरले दोस्रो खेलमा काठमाडौँ वर्ल्ड स्कुललाई ५४–१३ स्कोरले पराजित गर्‍यो। यस खेलमा असीम थापाले सर्वाधिक १५ अङ्क जोड्नुभयो । समूह ‘सी’ मा हेराल्डले पहिलो काठमाडौं भ्याली कलेजलाई ५३–२८ तथा दोस्रो खेलमा जया मल्टिपल कलेजलाई ४२–१५ को स्कोरले हरायो । 

यस्तै अर्को खेलमा टाइम्स इन्टरनेसनल कलेजले ऋत एकेडेमीलाई ४३–११ र डिएभीले हिमालयन कलेज ३८–१० ले हरायो । ग्रिनफिल्ड कलेजले काठमाडौं भ्याली कलेजलाई ४५–३१ ले हराउँदा वर्नहार्ट कलेजले हिमालयन कलेजमाथि ५१–१७ को स्कोरमा जित निकाल्यो ।

बुधबारसम्म चल्ने प्रतियोगितामा उपत्यकाका १६ वटा कलेजको सहभागिता रहेको छ । सहभागी कलेजलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेता र उपविजेता क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् ।