• २६ फागुन २०८१, सोमबार

नौगाडले मनायो आठौँ स्थापना दिवस

blog

नौगाड गाउँपालिकाले मनाएको स्थापना दिवस । तस्बिर सौजन्यः प्रकाश धामी

लोकेन्द्र जोशी

दार्चुला, फागुन २६ गते । दार्चुलाको नौगाड गाउँपालिकाले आठौँ स्थापना दिवस मनाएको छ । नौगाड गाउँपालिकाको केन्द्र होपरीगाडमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष दलजित सिंह धामीको अध्यक्षतामा गाउँपालिकाले स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा वडास्तरीय ठाडी भाका, दमाहा बजा र महिला समूहको डेउडा प्रतियोगितालगायतका कार्यक्रम सञ्चालन गरिएको नौगाड गाउँपालिकाका कृषि शाखा अधिकृत प्रकाशसिंह धामीले जानकारी दिनुभयो । 

प्रतियोगितामा सहभागी सम्पूर्ण समूहलाई गाउँपालिकाले सम्मान गरेको छ । सो कार्यक्रममा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी भइ स्थान प्राप्त गर्ने खेलाडिलाई पुरस्कार वितरण गरिएको छ । 

संघीयताले गाउँको विकासमा योगदान गरेको भन्दै गाउँपालिका स्थापना भएको दिनलाई उत्सबका रुपमा मनाइएको गाउँपालिका अध्यक्ष दलजित धामीले बताउनुभयो । 

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जगतसिंह ठगुन्ना, प्रमुख प्रशासकीय अधिकृत पुष्करसिंह धामीलगायत कर्मचारी, वडा अध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापकलगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।