काठमाडौं, जेठ १८ गते । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार दुई सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९८ हजारमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला आठ सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार सात सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार पाँच सय थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० ले घटेर एक हजार २५० रुपियाँ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८३१ डलर आसपास कारोबार भइरहेको छ ।