• ७ वैशाख २०८२, आइतबार

‘नेपाली जनताको बलिदानीबाट प्राप्त व्यवस्था जोगाउन एकजुट हुने समय आयो’

blog

नेकपा (एकीकृत समाजवादी)का सांसद जयन्तीदेवी राई आइतबार बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्नुहुँदै । तस्बिर : केशब गुरुङ

काठमाडौँ, फागुन २५ गते । नेकपा (एकीकृत समाजवादी)का सांसद जयन्तीदेवी राईले नेपाली जनताको बलिदानीबाट प्राप्त व्यवस्था जोगाउन सबै एकजुट हुने समय आएको बताउनुभएको छ ।

आइतबार बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्नुहुँदै उहाँले भन्नुभयो, ‘‘हामीले प्राप्त गरेका उपलब्धीहरूको नगुमाउन सजग बनौं र संविधान कार्यान्वयनमा अघि बढौं ।’’

यसैगरी, सांसद राईले राजावादी पक्षहरू कुर्लिरहेका कारण मुलुकमा खतरा र राजनीतिक अस्थिरता पैदा भएको टिप्पणी गर्नुभएको छ ।

उहाँले प्रतिगामी तत्त्वहरू संविधान उल्लङ्घन गर्दै लोकतन्त्रमाथि धावा बोलिरहेको जिकिर गर्नुभयो । मुलुकभर अनावश्यक नाराहरू गुन्जिरहेको उल्लेख गर्नुहुँदै उहाँले  सबैले यसको प्रतिवाद गर्दै संविधान कार्यान्वयनमा अघि बढ्न जरुरी रहेको बताउनुभयो । 

‘‘यतिबेला फेरि प्रतिगामी तत्त्वहरू कुर्लिंदैछन् । र आज संविधानको उल्लङ्घन गर्न खोजिरहेका छन् । हामीले वर्षौ सङ्घर्ष गरेर ल्याएका उपलब्धीहरू फेरि खोस्न चाहार्दैछन् । आज सङ्घीय लोकतन्त्रमाथि धावा बोलिरहेका छन् ।,’’ सांसद राईले भन्नुभयो, ‘‘आज हामीले संविधानबाट प्राप्त गरेका अधिकारहरू दिनदिनै कमजोर बन्दै गइरहेका छन् । हामीले मसानघाटमा पुर्‍याएको राजतन्त्र कुर्लिरहेको छ, त्यसकारण खतरा र राजनीतिक अस्थिरता पैदा भइरहेको छ । हरेक ठाउँमा अनावश्यक नाराहर गुन्जिरहेको छ । त्यसमा हामी सबै यसमा केन्द्रित हुनुपर्छ ।’’