• २० फागुन २०८१, मङ्गलबार

अस्ट्रेलियामा नेपाली फिल्म​ अवार्ड​ हुँदै

blog

काठमाडौँ, फागुन २० गते । अस्ट्रेलियामा नेपाली फिल्म​ अवार्ड​ आयोज​न​ हुन​ लागेको छ​ । डि व्वाइज​ इन्ट​र​टेन्मेन्ट​ नाम​क संस्थाले मे २८ जुन​ १ स​म्म​ अस्ट्रेलियामा ग्लोब​ल​ नेपाली फिल्म​ अवार्ड​ आयोजना ग​र्न​ लागिएको हो। 

नेपाली फिल्म​ र​ प​र्य​ट​न​ प्र​वर्धन​ उद्देश्य​स​हित​ अवार्ड​ आयोज​ना ग​र्न​ लागिएको डि व्वाइज​ इन्ट​र​टेन्मेन्ट​का प्र​मुख​ ग​णेश​ म​ल्ल​ले बताउनुभयो। प​छिल्लो स​म​य​ नेपाली फिल्म​को ब​जार​ अस्ट्रेलियामा राम्रो हुँदैगएको छ​ । अस्ट्रेलियामा निय​मित​ रूप​मा अधिकांश​ नेपाली फिल्म​ प्र​द​र्श​न​ हुँँदैआएको छ​ । ठुलो फिल्म​ले करोड​ ​भन्दा ब​ढीको व्यापार​ अस्ट्रेलियामा मात्र ग​र्नेग​रेको छ​। य​स​ले नेपाली फिल्म​को बजारलाई राम्रो प्र​वर्धन ग​रेको छ​ । फिल्म​मार्फ​त​ प​र्य​ट​न​ र​ नेपाली फिल्म​का द​र्श​कमा प​नि प्र​वर्धन हुँदैआएको छ​ ।

नेपाली फिल्म​को विभिन्न​ विधालाई स​मेटेर​ अवार्ड​को आयोज​न​ गर्न​ लागिएको हो । कलाकार​ त​था फिल्म​कर्मीलाई स​ह​भागी ग​राएर​ अवार्ड​ आयोज​ना ग​रिने ग​णेश​ म​ल्ल​ले ब​ताउनुभयो । फिल्म​का नोमिनेट​ कलाकार​, चिनिएका प्राविधिक, फिल्म​ पत्रकार​, आयोज​क र फिल्म​कर्मीलाई बाहेक अन्य​लाई कार्य​क्र​म​ स​ह​भागी न​गराइने प​नि आयोज​कले ज​नाएको छ​ । डि व्वाइज​ले अस्ट्रेलिया

घोष​णा, नोमिनेस​न​, अवार्ड​ स​मारोह​ र​ ध​न्य​वाद​ ज्ञाप​न​स​हित​ चार​ च​र​ण​मा हुने अवार्ड​मा विभिन्न​ १८ व​टा विधा स​मावेश​ ग​रिएको छ​। ब​रिष्ठ​ फिल्म​कर्मीबाट​ जुरी म​नोन​य​न​ ग​री जुरीको निर्ण​य​अनुसार​ अवार्ड​ प्र​दान​ ग​रिनेछ​ । 

फिल्म​, निर्देश​क, कथा, सङ्गीत​, अभिनेता, अभिनेत्री, च​रित्र​ कलाकार​, गाय​क, गायिका, छाँयाकर​, स​म्पाद​क, ब्याकराउन्ड​ स्कोर​ल​गाय​त​ विधाह​रु स​मावेश​ हुनेछ​ । य​स्तै, प​पुल​र​ हिरो अफ​ द​ इय​र​, प​पुल​र​ हिरोइन​ अफ​ द​ इय​र​ प​नि समावेश​ ग​रिनेछ​ । एक ज​ना च​ल​चित्र​ प​त्र​कार​लाई च​ल​चित्र​ पत्रकारिता पुर​स्कार​ र​ एक ज​ना विशिष्ट​ फिल्म​कर्मीलाई लाइफ​टाइम​ एचिभ​मेन्ट​ अवार्ड​ न​ग​द ​राशीस​हित​ प्र​दान​ ग​रिने आयोजनकले जनाएको छ​।

अवार्ड​मा स​मावेश​ हुने विधाह​रू, स​ह​भागी कलाकार​ त​था अवार्डको जुरी र​ अन्य​ जान​कारी छिट्टै प​त्र​कार​ स​म्मेल​न​ ग​री सार्वजनिक गरिने आयोजकले ज​नाएको छ​। प​छिल्लो स​म​य​ विकृतिको रूप​मा आयोज​ना भ​इर​हेको अवार्ड​ स​मारोह​लाई व्य​व​स्थित​ र​ प्र​तिष्ठित​ अवार्ड​को रूप​मा आयोज​ना ग​र्न​ कुनै कसर​ बाँकी न​राख्ने प​नि आयोज​कले ब​ताएको छ​ ।

२०८० साल​मा प्र​द​र्श​न​ भ​एका फिल्म​ह​रूको द​र्ता सुरु भ​एको बताउँदै आयोज​क संस्थाका ग​णेश​ म​ल्ल​ले अवार्ड​ स​मारोह​मा अस्ट्रेलिय​न​ फिल्म​कर्मी, वित​र​क र​ ना​गरिकह​रूको प​नि उप​स्थित​ हुने बताउनुभयो । अवार्ड​ स​मारोह​को भोलिपल्ट अस्ट्रेलियामा नेपाली फिल्म​ब​जार​, द​र्श​कको अव​स्था र​ प्र​वर्धन अन्त​र्ग​त​ विदेशी फिल्मकर्मी पाहुना र​ नेपाली फिल्म​कर्मीबिच​ संवाद​ त​था अन्तरक्रिया कार्यक्रम​को आयोज​ना ग​रिने छ​ । अवार्ड​ स​मारोह​का लागि च​ल​चित्र​सँग​ स​म्ब​न्धित​ संघ​ संस्था, स​र​कारी सङ्घ​ संस्था र​ र​ अन्य​ प्रायोज​कसँग​ प​नि स​ह​कार्य​ ग​रिने आयोज​कले ज​नाएको छ।