• २० फागुन २०८१, मङ्गलबार

चर्च ब्वाइजले थ्रिस्टारलाई हरायो

blog

चर्च ब्वाइजका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, फागुन २० गते । एन्फा यु–१६ लिग फुटबलमा चर्च ब्वाइज युनाइटेड क्लबले थ्रिस्टार क्लबविरुद्ध कठिन जित निकालेको छ ।

एन्फा मैदान सातदोबाटोमा मङ्गलबार भएको खेलमा चर्च ब्वाइजले थ्रीस्टारलाई १–० गोलले हरायो ।

चर्च ब्वाइजको जितमा सुशन थापामगरले २१औँ मिनेटमा निर्णायक गोल गर्नुभयो ।

जितसँगै चर्च ब्वाइजले १८ खेलबाट ४४ अङ्क बनाएको छ । पराजित थ्रीस्टारको समान खेलबाट ३३ अङ्क छ ।