काठमाडौँ, फागुन २० गते । चलचित्र ‘दर्पणछायाँ २’ का कलाकार पुष्प खड्का र सहारा कार्कीको जोडी म्युजिक भिडियोमा देखिएको छ । गायक भुवन श्रेष्ठ र मेलिना राईको स्वर रहेको गीत ‘सर्माइ भागेर’ को म्युजिक भिडियोमा यो जोडीलाई निर्देशक फिरोज तिमिल्सेनाले एकसाथ प्रस्तुत गर्नुभएको छ ।
काठमाडौँस्थित विश्वज्योति सिनेप्लेक्समा सोमबार आयोजित पत्रकार सम्मेलनमा निर्देशक तिमिल्सेनाले गीत सुनेपछि यसलाई भिडियोमा ल्याउने विचार आएको बताउनुभयो । कुलेखानी र त्यस वरपरका रमणीय स्थानलाई छायाङ्कन गरिएको गीतमा गीता अधिकारीको पनि अभिनय देख्न सकिन्छ । भिडियोमा अर्जुन तिवारीको छायाङ्कन, विकास दाहालको सम्पादन, राजेन्द्र मोक्तानको रङ्ग संयोजन र ज्योति केसीको शृङ्गार रहेको छ ।