• १९ फागुन २०८१, सोमबार

पाथीभरा केबलकारबारे गृहमन्त्री

'सांस्कृतिक तथा स्थानीय समुदायका समस्यालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध छ'

blog

गृहमन्त्री रमेश लेखक । फाइल तस्बिर ।

काठमाडाैँ, फागुन १८ गते । गृहमन्त्री रमेश लेखकले पाथीभरा केबुलकार निर्माण विवादबारे सरकारले वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान चाहेको बताउनुभएको छ । राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले केबुलकार निर्माणको क्रममा देखिएका समस्याहरू समाधान गर्न गृह मन्त्रालयले गठन गरेको वार्ता टोलीले आन्दोलनत पक्षसँग पटकपटक वार्ता गरेको समेत बताउनुभयो । उहाँले आन्दोलनरत पक्षबाट उठाइएका सांस्कृतिक, धार्मिक तथा स्थानीय समुदायका समस्यालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको समेत उल्लेख गर्नुभयाे । सरकारले शान्तीपूर्ण ढङ्गले समस्याको समाधान गर्ने कुरालाई गम्भिरतापूर्वक लिएको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, "ताप्लेजुङको पाथीभरा मन्दिर निर्माणका क्रममा देखिएका विवाद र समस्या समाधान गर्न गृह मन्त्रालयले पहलकदमी लिएको छ । सरकार वार्ता र संवादका माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान चाहन्छ । यसका लागि सम्बन्धित पक्षसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा गत माघ २० गते वार्ता टोली गठन गरिएको र उक्त टोलीले आन्दोलनरत पक्षसँग सहजिकरण गरिराखेको छ । आन्दोलनरत पक्षबाट उठाइएका सांस्कृतिक, धार्मिक तथा स्थानीय समूदायका समस्यालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध छ ।"

उहाँले हाल पाथीभरा क्षेत्रमा सुरक्षा निकायले उच्च संयमता अपनाई शान्ति सुरक्षा प्रदान गरिरहेको दाबी गर्नुभयो ।