अनिल पराजुली
हेटौँडा, फागुन १८ गते । उच्च अदालत बार एसोसिएसन हेटौँडाको अध्यक्षमा अधिवक्ता मनप्रसाद भट्टराई निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न एसोसिएसनको निर्वाचनबाट दुईवर्षे कार्यकालका लागि भट्टराई अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
कार्यसमितिको उपाध्यक्षमा रामकृष्ण देउला, सचिवमा सुजन तिमल्सिना, सहसचिवमा पम्फा पुरी र कोषाध्यक्ष रीमा प्याकुरेल निर्वाचित हुनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा एक नारायण शर्मा, केशवप्रसाद अर्याल, हरिहर खतिवडा, ध्रुवसिंह विष्ट, दीपेन्द्र बानिया, चूडाप्रसाद उप्रेती, गणेश अधिकारी, निशा क्षेत्री चयन भएका हुनुभएको छ ।
यसैगरी, केन्द्रीय पार्षदमा कृष्णप्रसाद अर्याल, केशवप्रसाद गौतम, शिवप्रसाद बन्जरा र श्रीराम दाहाल छनोट हुनुभएको निर्वाचन अधिकृत मुकुन्दहरि पौडेलले जानकारी दिनुभयो ।