माधवप्रसाद बराल
माछापुच्छे« (कास्की, फागुन १८ गते । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आयोजना गरेको तेस्रो अध्यक्ष कप पुरुष भलिबलको उपाधि बागलुङको गलकोट नगरपालिकाले जितेको छ । गण्डकी प्रदेश स्तरीय प्रतियोगितामा गलकोटले तनहुँको शुक्लागण्डकी नगरपालिकालाई पराजित गरेको हो । फाइनल खेलमा गलकोटले शुक्लागण्डकीलाई २५–२०, २५–१२, १६–२५ र २५–२० को सेटमा पराजित गरेको हो ।
बिजेता बनेको गलकोटले नगद दुई लाख र उपबिजेतका शुक्लागण्डकीले नगद एक लाख प्राप्त गर्यो । सेमिफाइलन पुगेका दुई टिम बागलुङको निसीखोला गाउँपालिका र नवलपुरको बौदीकाली गाउँपालिकालाई रुपियाँ ५०/५० हजार प्रदान गरियो ।
प्रतियोगिताको महिलातर्फको उपाधि शान्ता भलिबल ट्रेनिङ सेन्टर पोखराले जितेको छ । ट्रेनिङ सेन्टरले बागलुङ नगरपालिकालाई पराजित गरेको हो । बिजेताले नगद एक लाख र उपबिजेता नगद ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरियो । सेमिफाइन पुगेका दुई टोली माछापुच्छ्रे गाउँपालिका एक र बिले रुपियाँ २५/२५ हजार प्राप्त गरे । भलिबलको समापन कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारी, प्रमुख प्रशाशकीय अधिकृत गोपीकृष्ण अर्यालले खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।
प्रतियोगिताको स्थानीय व्यवस्थापन माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ७ धम्पुस र संयोजन माछापुच्छ्रे गाउँपालिका भलिबल संघ लाहाचोकले गरेको हो । प्रतियोगितामा दुई जना राष्ट्रिय खेलाडी समावेश गराउन पाउने व्यवस्था गरिएको थियो । स्थानीय तहबाट नै भलिबल खेलाडी उत्पादन गर्न विगत तीन वर्षदेखि गाउँपालिकाले प्रतियोगिता गर्दै आएको छ ।