• १७ फागुन २०८१, शनिबार

‘राष्ट्रियताका निम्ति स्वाभिमानी नेपाली एक हुनुपर्छ’

blog

लमजुङ, फागुन १७ गते । भूमि जागरण अभियान नेपालका संयोजक  तथा पूर्वउपप्रधानमन्त्री डा. भीम रावलले राष्ट्र र राष्ट्रियताका निम्ति स्वाभिमानी नेपाली एकजुट हुनुपर्ने बताउनुभएकोछ ।

लमजुङ बेँसीसहर नगरपालिका–७ मा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले देश राजनीतिक र आर्थिक रूपमा सङ्कटोन्मुख अवस्था रहेकाले यसको समाधानका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो । 

“कुनै दल वा व्यक्तिगत स्वार्थमा नलागी देश, जनताको पक्षमा सबै एकजुट हुनुपर्ने बेला आएको छ”, उहाँले भन्नुभयो, “राजनीति  दलहरूले देश र जनताको लागि काम गर्न नसक्दा सङ्कट पैदा भएको छ, यस्ता सङ्कटबाट पार पाउनका लागि सबैको हातेमालो जरुरी छ ।”

देशलाई सही दिशामा लैजानका लागि दुई ठूला दल एमाले र कांग्रेसले संविधानअनुसार काम गर्न नसकेको आरोप लगाउँदै नेता रावलले राष्ट्र र राष्ट्रियताको पक्षमा उभिँदा पार्टीभित्रै आलोचित हुनुपरेको गुनासो गर्नुभयो । रासस