• १७ फागुन २०८१, शनिबार

पोखरा शिक्षण अस्पताल पूर्ण क्षमतामा सञ्चालन

blog

पोखरा विश्वविद्यालय शिक्षण अस्पताल

फडिन्द्र अधिकारी
लेखनाथ, फागुन १७ गते ।
पोखरा विश्वविद्यालय शिक्षण अस्पतालले २४ सैं घण्टा सेवा दिन सुरु गरेको छ । २०७९ भदौ २२ गते बहिरङ्ग सेवा सुरु गरेको अस्पतालले बिहीबारबाट २४ सैं घण्टा सेवा दिन थालेको हो ।

दक्ष चिकित्सक र स्वास्थ्यकर्मीको सेवासहित सञ्चालनमा रहेको यो अस्पताल अहिले एक सय शय्याको छ । चाँडै तीन सय शय्यामा स्तरोन्नति गर्ने तयारी भएको सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिनुभयो ।

बिरामीलाई सहज, सरल र उच्चस्तरीय उपचार सेवा प्रदान गर्ने उद्देश्यले सेवा विस्तार गरिएको हो । अब अस्पतालमा २४ सैं घण्टा आकस्मिक सेवा, दन्त उपचार, प्रयोगशाला, एक्स–रे सेवा तथा विशेष उपचार सेवा उपलब्ध हुने छन् । 

विभिन्न विशेषज्ञ चिकित्सकबाट स्त्री तथा प्रसूति रोग, हाडजोर्नी तथा नसारोग, छाला रोग, जनरल फिजिसियन, जनरल प्राक्टिसनर, ब्याकोलोजी सेवा उपलब्ध हुने छन् । पोखरा विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहमा स्वास्थ्यका विभिन्न कार्यक्रम चलाइरहेको छ ।