• १७ फागुन २०८१, शनिबार

पूर्वकी रानी इलाम सबैको गन्तव्य

blog

केही समयअघि कामको सिलसिलामा कोशी प्रदेशको चर्चित पर्यटकीय गन्तव्य पूर्वको रानी भनेर चिनिने इलाम जिल्ला भ्रमण गर्ने अवसर मिलेको थियो । एक दिनको इलाम बसाइ खास गरी सूर्योदय नगरपालिकाको कन्याम, फिक्कल र अन्तु डाँडा जस्ता पर्यटकीय गन्तव्यलाई राम्ररी नियाल्ने अवसर मिलेको थियो । यसभन्दा १५ वर्षअघि माइपोखरी जैविक विविधता अध्ययनका लागि इलाम पुगेको थिएँ । त्यसताका इलाम जाने क्रममा फिक्कल र कन्याम पुग्दा पर्यटकीय गतिविधि ज्यादै न्यून भएको महसुस भयो । यस पटकको भ्रमणले इलाम सा“च्चिकै पर्यटकीय आकर्षण बन्न सक्ने क्षमता रहेको प्रमाणित ग-यो । 

इलामको उत्तरतर्फ कञ्चनजङ्गा हिमालको सेताम्ये हिमाशृङ्खलाका अतिरिक्त आफैँमा प्राकृतिक सौन्दर्यताले भरिपूर्ण कन्यामको हरियाली चियाबारी, दूर क्षितिजसम्म साना ठुला लहरेदार डाँडाकाँडाका बिचमा विभिन्न आकारका छिरालिएर रहेका परम्परागत बस्तीले प्रकृतिप्रेमी जो कोहीलाई मोहित पार्न सक्छ । यी प्राकृतिक दृश्यका साथै परम्परागत वेशभूषा, बोलीचाली, जीवन शैलीका साथै सफा तथा स्वच्छ वातावरण, सहयोगी भावनामा केही आधुनिकता थपिएको सन्दर्भमा देखिएको परिवर्तनले साँच्चै मनमोहक लाग्यो । अझ अन्तु डाँडा भ्रमणमा पुग्दा चियाबारीको बिचमा निर्मित पक्की सडक, ठाउँ ठाउँमा घरबास कार्यक्रम साथै इलामको विभिन्न कृषि उत्पादन बिक्री गर्ने कोसेली घर, फिक्कल बजार, कन्यामको चियाबारी वरपर पर्यटकलाई सहजता प्रदान गर्न निर्माण गरिएका छोटो दुरीको पदमार्गसहित दृश्यावलोकन विन्दुले मनै लोभ्यायो । 

आकासमार्ग वा आकासमा हिँड्ने (स्काई वाक) नामका साहसिक खेल, घोडा सवार, विभिन्न जातजातिका परम्परागत वेशभूषामा सज्जिएर चियाबारीमा फोटो खिच्ने सुविधा, चिया तथा नास्ताका लागि पसल, रेस्टुरेन्ट, होटेललगायत, स्थानीय कृषि उत्पादन बिक्रीका लागि सज्जाएर राखिएका सामग्रीलगायतका विभिन्न सुविधाले अच्चमित बनायो । अझ यस गन्तव्यमा सङ्गीत (टिकटक) सहितको फोटो खिच्ने सुविधालगायतका अन्य गतिविधिको उपयोग गर्ने सुविधाले कन्याम गन्तव्य सा“च्चै पर्यटकीय नगर भएको अनुभूति भयो । 

अझ केही वर्षअघि कोशी प्रदेश सरकारले प्रदेशभित्रका पालिकामध्ये सूर्योदय नगरपालिकासहित अन्य दुई पालिकालाई पर्यटकीय नगरी घोषणा गरेको जानकारी पालिकाका प्रमुख रणबहादुर राईले भेटघाटको क्रममा दिनुभयो । जुन विषय धेरै सान्दर्भिकता पनि रहेछ भन्ने लाग्यो ।

कन्याम क्षेत्रमा नगरपालिकाले निश्चित मापदण्ड तोकेर तयार गरिएको पसल प्रसस्तै देख्न पाइन्छ । यी पसल कन्याम क्षेत्रमा मात्र लगभग १४० वटा कोसेली घर, चिया पसल तथा रेस्टुरेन्ट एकै नाप र उस्तै आकारका पसल, पोसाक भाडामा दिने ३० वटा पसल, ४१ जना घोडा व्यापारी, १५ जना पर्यटकलाई फोटोग्राफी सेवा प्रदान गर्ने व्यक्तिले पालिकाले निर्धारण गरेको निश्चित शुल्क तिरेर निजी कम्पनी दर्ता गर्नुका साथै नियमित भाडा तिर्ने गरेको जानकारी स्थानीय व्यापारीले दिए । यस क्षेत्रको पर्यटकीय गतिविधिले मात्र लगभग २२६ जनाले प्रत्यक्ष रोजगारी पाएको सजिलै अनुमान लगाउन सकिन्छ । यसको अतिरिक्त लगभग ९६ वटा घरमा घरबास कार्यव्रmम, विभिन्न स्तरका होटेल, रिसोर्ट, रेस्टुरेन्टलगायत खाना र बस्नका लागि आवसीय सुविधा प्रदान गरिएको छ । यसले अप्रत्यक्ष रूपमा रोजगारी सिर्जना गरी राष्ट्रिय आयमा योगदान गरेको अनुमान सजिलै गर्न सकिन्छ ।

यस पटक इलामको अर्को बहुप्रचारित पर्यटकीय गन्तव्य अन्तु डाँडा पुग्ने अवसर मिल्यो । अन्तु डाँडामा सूर्योदय हेर्न उज्यालो नहुँदै बिहानै पुग्ने प्रचलन रहेछ । यस डाँडामा सूर्योदय अवलोकन गर्ने मञ्चका साथै नजिकै पोखरी पनि रहेछ । यो पोखरी झट्ट हेर्दा निकै ठुलो देखिने जलाशय रहेछ, यसलाई ताल भन्नु पर्नेमा स्थानीय चलन चल्तीको भाषामा पोखरी भनिँदो रहेछ । पोखरीको वरपर विभिन्न प्रकारका होटेल, रिसोर्ट तथा रेस्टुरेन्ट रङ्गीचङ्गी बिजुलीका बत्तीले सज्जाएको रहेछ भने पोखरीमा डुङ्गा सवार गर्ने सुविधासमेत रहेछ । यहाँ विभिन्न सुविधायुक्त आवास, सध्याकालीन रमझम तथा रात्रिकालीन गतिविधि खास गरी नेपालीलगायत अन्य विश्वव्यापी बहुचर्चित गीतसङ्गीतको गुञ्जनमा रात्रिकालीन मज्जा लिन सकिन्छ । यसबाहेक आधारभूत सुविधाका घरवास कार्यक्रमलगायत विविध मापदण्डसहितका रिसोर्टका साथै चारतारे होटेलको सुविधा पनि रहेछ । सूर्याेदय हेर्न अन्तु डाँडाको परिसरमा प्रवेश गर्न प्रति व्यक्ति ५० पर्यटक प्रवेश शुल्क राखेको छ । सङ्कलित शुल्कबाट पर्यटकको गणना र रुपियाँ पनि सङ्कलन हुने भएछ । यस तथ्याङ्कले वार्षिक कुन ऋतुमा कति पर्यटक आउँछन् र पर्यटक लक्षित सुविधा कहाँ कति के थप गर्न सकिन्छ भन्ने योजना बनाउन सहज हुने भएकाले शुल्क सङ्कलन गरिएको रहेछ । गत आर्थिक वर्ष सूर्योदय नगरपालिकाले पर्यटक प्रवेश शुल्कद्वारा लगभग ५७ लाख रुपियाँ वार्षिक रूपमा सङ्कलन गर्ने अन्तु डाँडा पर्यटक सूचना केन्द्रले जानकारी दियो । यस प्रवेश शुल्कको आधारमा वार्षिक लगभग तीन लाख पर्यटक पुगेको अनुमान सजिलै लगाउन सकिन्छ । यहाँ स्वदेशी तथा विदेशी खास गरी छिमेकी मुलुक भारतबाट पर्यटक आउने व्रmम बढ्दो छ ।

नेपालको पर्यटनका लागि विश्व चर्चित गन्तव्य अन्नपूर्ण क्षेत्रको धेरै पर्यटकीय गन्तव्यको पनि भ्रमण गरेको छ पङ्क्तिकारले । अन्नपूर्ण क्षेत्रको पर्यटन गन्तव्य र इलामको गन्तव्य तुलना गर्दा धेरै पक्षमा निकै भिन्नता पाएँ । अन्नपूर्ण क्षेत्रको पर्यटनका हिमाल र हिमाली वातावरण तथा जनजीवनसित रमाउने प्रकारको छ भने इलामको पर्यटन गन्तव्य सदावहर किसिमका पहाडी जनजीवनलाई नजिकबाट नियाल्ने प्रकारको देखिन्छ । अझ रोचक पक्ष इलामको पर्यटकीय गन्तव्य पर्यटन विकासको आधारभूत सिद्धान्त ६ ए अनुसार विकास भएको पाएँ । 

पहिलो ए ‘एटे«्याक्सन’ (आकर्षण), इलाम आफँै प्राकृतिक सुन्दरताले आकर्षण छ । सुदूर उत्तरको क्षितिजमा सेताम्य लहरै हिमाली दृश्य, अन्य चारैतर्फ सदावहर हरियाली चियावारी, परम्परागत जीवन शैली बनेका घर छिरालिएर रहेका बासोबास, चारैतिर लहरेदार डाँडाकाँडालगायतको अनेकौँ दृश्यले इलाम पुगेको जो कोहीलाई मोहित पार्छ । यिनै सौन्दर्यतालाई अनुभूति गर्न जो कोही पुग्नका लागि पहुँचको आवश्यकता पर्छ, जसलाई दोस्रो ए ‘एक्सेस’ (पहु“च मार्ग) ले प्राप्त गर्छ । इलाम जिल्लामा विसं २०११ मा सडक पुगेको इतिहास पाइन्छ । हाल मेची राजमार्ग इलामको कन्याम भई बनेको छ । यसका अन्य पदमार्ग तथा सहायक सडक बनिसकेका छन् र सबै उमेरका मानिसलाई पुग्न सहज बनाएको छ । 

कन्याम पुगेका पर्यटकलाई आरामदायी आवासको सुविधा छ, जुन तेस्रो ए ‘एकोमोडेसन’ (आवास) ले सम्बोधन गर्छ । कन्याम क्षेत्रमा पुगेको पर्यटकका लागि विभिन्न स्तरका आवास सुविधा सहजताका साथ उपलब्ध छ । लक्षित गन्तव्यमा पुगेको पर्यटकलाई मनोरञ्जनका लागि केही गतिविधि गर्न रुचाउन्छ, जसलाई चौथो ए 

‘एक्टिभिटिज’ (गतिविधि) पर्छ । कन्याम पुगेका पर्यटकका घोडा सवार, स्काई वाक, अवलोकन विन्दु, टिकटका लागि सङ्गीतसहितको फोटो खिच्ने स्थान, विभिन्न जातजातिको वेशभूषामा सज्जिएर चियाबारीमा फोटो लिने अवसरलगायतका स्थानीय उत्पादन खरिद गर्ने कोसेली घर एकै स्थानमा पाइन्छ । यिनै गतिविधिमा रुमालिएर पर्यटकले मनोरञ्जन लिने गर्छ । 

पर्यटकीय गन्तव्य विकासका लागि प्रचारले महìवपूर्ण भूमिका खेलेको हुन्छ । इलामका चिया बगान विभिन्न माध्यमद्वारा प्रचार गरेको पाइन्छ, जसलाई पाचौँ ए ‘एडभटिजमेन्ट’ (विज्ञापन) भनिन्छ । इलाम क्षेत्रको प्रचार विभिन्न माध्यमद्वारा विगतमा नै विज्ञापन भइसकेको छ । यसबाहेक इलाम पुगेका अधिकांश पर्यटकले आफ्नो सामाजिक सञ्जालमार्फत फोटोलगायतका गतिविधि राखेर अप्रत्यक्ष रूपमा विज्ञापन गरेका पाइन्छ । यतिमा मात्रै इलामले विज्ञापन गरेको भनी सन्तुष्टि मान्नु हँुदैन । पालिका लगायत अन्य सङ्घ संस्थाले तीव्र प्रचारका लागि अझ प्रयास गर्न विविध प्रविधि उपयोग गरी प्रचार गर्नु जरुरी छ । 

अन्त्यमा कन्याम पुगेका पर्यटकका लागि आवश्यक सुविधा जसलाई छैटाँै ए ‘एमिनिटिज’ सुविधाले समेटेको हुन्छ । विभिन्न प्रकारका मौलिक स्वादका खाना, शुद्ध खानेपानी, नुहाउनका लागि तातो पानी, वाइफाइ, यातायात, बिजुली र खानेपानी, दोभाषे, सहयोगीलगायत आधुनिक प्रविधिमा आधारित अन्य न्यूनतम सुविधा पनि प्रशस्तै छन् । यसरी इलाम पर्यटनको ६ ए को सिद्धान्तमा आधारित भई विकासित हुने क्रममा छ । यसले इलामको पर्यटन विकासलाई दिगोपनामा सहयोग पुगेको सहजै अनुमान लगाउन सकिन्छ ।

विसं २०७२ को संविधान कार्यान्वयन भएपछि नेपालको शासन प्रणाली सङ्घीय संरचनामा परिणत भएको छ । यसले तीन तहका सरकारको अवधारणामा आधारित सङ्घीयताले सन्निकटतको सिद्धान्तमा आधारित छ । यस सिद्धान्तले जुन काम नजिकको सरकारले प्रभावकारी ढगले गर्छ, त्यसै सरकारलाई त्यो जिम्मेवारी दिनु पर्छ भन्ने विषय संविधानमा अप्रत्यक्ष रूपमा उल्लेख छ । त्यसैले अधिकांश स्थानीय पालिका आफ्नो भौगोलिक अवस्थिति, जातीयलगायत अन्य पहिचानका लागि मेहनत गरिरहेको छ । आफ्नो भौगोलिक विशिष्ठतालाई अधिकतम उपयोग गरी पालिकाहरूको रोजगारी तथा आर्थिक गतिविधि बढाएर स्थानीय नागरिकको आय बढाउन प्रयास गरिरहेका छन् । 

सफा तथा स्वच्छ वातावरणमा अन्तु डाँडा, फिक्कल र कन्याम वरपर स्तरीय होटेल, रिसोर्ट तथा रेस्टुरेन्ट सञ्चालन भएकाले साँच्चै पालिकाहरूले रोजगारी तथा आर्थिक विकासलाई प्राथमिकता दिएको देखिन्छ । अर्कातर्फ पर्यटन विकासका आधारभूत सिद्धान्तले यहाँका पर्यटन विकास भइरहेको छ, त्यसैले पनि यो दिगो हुने छ भन्न सहजै अनुमान गर्न सकिन्छ । यस पालिकामा पर्यटनका नयाँ गन्तव्य विकास गरी गन्तव्यका गतिविधिलाई विविधीकरण गर्नु पर्छ । यहाँ पर्यटन विकासका लागि लगानीको वातावरण बनाउन जरुरी छ । 

इलाममा प्राकृतिक सुन्दरता मात्र नभई अन्य धार्मिक तथा ऐतिहासिकलगायत पुराताìिवक महìवका गन्तव्य पनि छन् । कन्याम क्षेत्रले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गरेको छ । त्यसैले त इलामले पूर्वकी रानी भन्ने नारालाई प्रमाणित गरिरहेको छ । यहाँको पर्यटन विकासमा नगरपालिकाको प्राथमिकता रही सुखी नेपाली र समृद्ध नेपालको सपना प्राप्तिको लक्ष्यमा पुग्न सहयोेगी बन्ने विश्वास गर्न सकिन्छ ।

Author

जुद्धबहादुर गुरुङ