• १६ फागुन २०८१, शुक्रबार

ढकालको ‘छोरो गयो परदेश’

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, फागुन १६ गते । टीकाराम ढकालको रचना र दिजराज पौडेलको स्वरमा ‘छोरो गयो परदेश’ बोलको गीत सार्वजनिक भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमबिच उक्त गीतको भिडियो ‘ढकाल टिआर’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । 

वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी टीकाराम ढकालले रचना गर्नुभएको गीतमा सङ्गीत डिआर हमालले गर्नुभएको हो । कपिल कार्कीको निर्देशनमा तयार भएको भिडियोमा वरिष्ठ कलाकार नारायण खतिवडा, दीपेन्द्र खड्का, स्वयम् गीतका रचनाकार ढकाल, मञ्जु श्रेष्ठ र आरभ ढकालले अभिनय गर्नुभएको छ । गीतमा विशेष गरी स्वदेशमा रोजगारी नभएर विदेश जाने आमनेपाली युवाले भोगेको वस्तुस्थितिलाई जस्ताको त्यस्तै गीत र भिडियोमार्फत बाहिर ल्याउन खोजिएको छ ।