हरिकृष्ण शर्मा
गलेश्वर(म्याग्दी), फागुन १४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, सुकेबगरबाट नारच्याङ जाँदै गरेको भ्यान दुर्घटनामा चालकको मृत्यु भएको छ । अन्नपूर्ण–४ नारच्याङमा आयोजित तरुण कप भलिबल प्रतियोगितामा जाँदै गरेकी अन्नपूर्ण–४ घरापकी सुनदेवी गौचनको घटनास्थलमै मृत्यु भएको सीमा प्रहरी चौकी भुरुङ तातोपानीका प्रहरी सहायक निरिक्षक रमेशप्रसद अधिकारीले जानकारि दिनुभयाे ।
दुर्घटनामा मृतक गौचनले चालक रहेको प्रसनी अधिकारीले बताउनुभयो । उहाँका अनुसार दुर्घटनामा अन्नपूर्ण–४ घरापकी नौमति चोचाङ्घी, विष्णु बुढाथोकी र रूपा पुन घाइते हुनुभएको छ ।
बा. ६ च. ४६४४ नम्बरको इको भ्यान कालिगण्डकी नदीमा खसेको छ । घाइतेको भुरुङ तातोपानी चौकीमा उपचारपछि थप उपचारका लागि बेनी अस्पताल लगिएको छ ।
दुर्घटनास्थलमा जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट समेत टोली खटिएको प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताउनुभयो । यसैबिच सवारी दुर्घटना भएपछि नेपाल तरुण दल म्याग्दीले आयोजना गरेको भलिबल प्रतियोगिता समेत स्थगित भएको आयोजकले जनाएको छ ।