• १३ फागुन २०८१, मङ्गलबार

अस्ट्रेलियन नेप्लिज जर्नालिष्ट एसोसिएसनमा नयाँ नेतृत्व

blog

काठमाडौँ, फागुन १३ गते । अस्ट्रेलियामा नेपाली तथा नेपाली मूलका  पत्रकारहरूको साझा संस्था अस्ट्रेलियन नेप्लिज जर्नालिष्ट एशोसियसन (एञ्जा) को  अध्यक्षमा कृष्ण तिवारी निर्वाचित हुनुभएको छ । 

अस्ट्रेलियाको राजधानी  क्यानबेरामा सम्पन्न एन्जाको तेस्रो अधिवेशनबाट तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । कुल ४३ मत मध्ये अध्यक्षका प्रत्याशी तिवारीले २५ मत सहित निर्वाचित हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नारायण खड्काले १८ मत प्राप्त गर्नुभयो । त्यस्तै उपाध्यक्षमा २२ मतसहित माधव प्रसाद गैरे निर्वाचित हुँदा प्रतिस्पर्धी प्रकाश हुमागाईँले १९ र सिताकुमारी विश्वकर्माले २ मत प्राप्त गर्नुभयो ।  

अध्यक्ष  उपाध्यक्ष र  सदस्य पदमा निर्वाचन भए पनि केही पदाधिकारीहरू भने सर्वसम्मत चयन भएका थिए । महासचिवमा गणेश भट्ट, कोषाध्यक्षमा  खगेन्द्र सत्याल सचिवमा  तक्दीर अधिकारी, पब्लिक आफिसरमा कोम खत्री तथा  प्रवक्तामा मिलन दाहाल सर्वसम्मत निर्वाचित हुनुभएको छ । 

सदस्य पदका लागि भएको निर्वाचनमा सरल गुरुङ सबैभन्दा धेरै ४० मतसहित निर्वाचित हुनुभएको छ । त्यस्तै  विनायक अधिकारी ३४ मत, गोपाल छन्त्याल ३३ मत र केदार रायमाझीले २७ मतसहित निर्वाचित हुनुभएको छ ।

अधिवेशनकै अवसर पारेर एन्जाले प्रत्येक वर्ष वितरण गर्दै आएको एक हजार अस्ट्रेलियन डलर राशिको ‘स्वर्गीय टीका कार्की सक्रिय पत्रकारिता पुरस्कार’  पत्रकार सरल गुरुङलाई प्रदान गरेको छ ।