• १० फागुन २०८१, शनिबार

‘संविधान संशोधनका लागि तयार छौँ 

blog

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलामा बोल्नुहुँदै ।तस्बिर : फडिन्द्र अधिकारी

लेखनाथ समाचारदाता 

लेखनाथ, फागुन १०  गते  । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टी संविधान संशोधनका लागि तयार रहेको उल्लेख गर्नुभएको छ । शुक्रबारबाट पोखरामा सुरु भएको तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेला उद्घाटन गर्दै अध्यक्ष दाहालले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

संविधान संशोधनसहित समृद्धि र स्थायित्वको नारा लिएर सरकार अघि बढेका बेला प्रमुख प्रतिपक्ष दलका नेता दाहालको यस्तो भनाइ आएको हो । उहाँले राजनीतिक स्थायित्व र सुशासनका लागि संविधान संशोधन गर्न सकिने उल्लेख गर्नुभयो । भेलामा अध्यक्ष दाहालले भन्नुभयो, “संविधान निर्माणका बेला नै हामीले केही ‘रिजर्भेसन’ राखेका छौँ । संविधान संशोधन नै गर्ने हो भने हामी तयार छौँ ।” 

संशोधन अघि त्यो कसका लागि भन्नेबारे प्रस्ट हुनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “तर संशोधन कसका लागि, कसको पक्षमा ? यो महìवपूर्ण प्रश्न हो । हामी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र समानुपातिक निर्वाचन प्रणालीको पक्षमा छौँ ।” संविधानमा यस्तो परिवर्तनपछि मात्र राजनीतिक स्थिरता र सुशासन सम्भव हुने उहाँको दाबी छ । जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख नै जरुरी भएकोमा जोड दिँदै उहाँले आगामी निर्वाचन माओवादी केन्द्रले एक्लै लड्ने उद्घोष गर्नुभयो । पहिलो संविधान सभाबाट शान्तिपूर्ण राजनीतिमा आएको माओवादीले पछिल्ला आमनिर्वाचन गठबन्धनबाट लडेको थियो । 

अध्यक्ष दाहालले २०८४ सालको निर्वाचनमा कांग्रेस र एमालेबिच गठबन्धन भए पनि फरक नपर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “उनीहरूले २०८४ मा पनि गठबन्धन गर्न चाहेका छन् । म चाहन्छु, उनीहरू मिलून् । हामी एक्लै जनतामा जान्छौँ । हामी जनताको तागतमा विश्वास गर्छौं ।” 

कार्यव्रmममा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले जातीय समस्या वर्गीय समस्याकै भिन्न रूप भएको जिकिर गर्नुभयो । उहाँले समाजवादले मात्र वर्गीय र जातीय समस्या सम्बोधन गर्न सक्ने धारणा व्यक्त गर्नुभयो । 

कार्यव्रmममा माओवादी केन्द्रका स्थायी समिति सदस्य ओनसरी घर्तीले उत्पीडित जाति र समुदाय शक्तिशाली भए मात्र बलियो राष्ट्रिय एकता सम्भव हुने बताउनुभयो । पूर्वसभामुखसमेत रहनुभएकी घर्तीले भन्नुभयो, “अहिले प्राप्त उपलब्धि खोस्ने कुचेस्टा भइरहेको छ । त्यसका विरुद्ध निरन्तर सङ्घर्ष जरुरी छ ।”