काठमाडौं, फागुन ७ गते । संयुक्त अरब इमिरेट्स (यूएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयानले नेपालका राष्ट्रपति रामचन्द्र पौडेललाई प्रजातन्त्र दिवसको अवसरमा बधाई सन्देश पठाउनुभएको छ ।
त्यसैगरी, यूएईका उपराष्ट्रपति, प्रधानमन्त्री तथा दुबईका शासक शेख मोहम्मद बिन राशिद अल मक्तुम र उपराष्ट्रपति, उपप्रधानमन्त्री तथा राष्ट्रपति कार्यालयका अध्यक्ष शेख मन्सुर बिन जायद अल नाहयानले पनि राष्ट्रपति पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रजातन्त्र दिवसको शुभकामना व्यक्त गर्नुभएको छ ।