• १२ फागुन २०८१, सोमबार

बार्सिलोना पुन: शीर्षस्थानमा

blog

बल खोस्ने प्रयास गर्दै बार्सिलोना र रायो भालेकानोका खेलाडी । तस्बिर : एपी/रासस

काठमाडौँ, फागुन ६ गते । बार्सिलोना स्पेनी ला लिगा फुटबलको पुन: शीर्षस्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा सोमबार राति भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई १–० गोलले हरायो । बार्सिलोनाको कठिन जितमा रोबर्ट लेवान्डोवस्कीले निर्णायक गोल गर्नुभयो । उहाँले २८औँ मिनेटमा पेनाल्टीमार्फत गर्नुभएको गोल टोलीको जितमा प्रयाप्त बन्यो । 

खेलभर बार्सिलोनालाई कडा टक्कर दिए पनि रायो भालेकानोको गोल फर्काउने प्रयास सफल भएन । जितसँगै बार्सिलोनाले २४ खेलबाट ५१ अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको पनि समान खेलबाट ५१ अङ्क छ ।

बार्सिलोनाले गोल अन्तरका आधारमा रियललाई पछि पार्दै शीर्षस्थान कब्जा गरेको हो । पराजित रायो भालेकानो ३५ अङ्कसहित छैटौँ स्थानमा छ । एजेन्सी