काठमाडौं, फागुन ६ गते । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले अनलाइन सट्टेबाजी जुवामा संलग्न रहेको आरोपमा २४ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
सोमबार काठमाडौं बूढानीलकण्ठ नगरपालिका–५ बाट घर भाडामा लिई व्यावसायिक तवरले अनलाइन जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न २४ जना भारतीयलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतीय नागरिकहरु अजय कुमार, मोहम्मद चाँद, जय कुमार, मोहम्मद नफिस, गुल्फाम खान, मोहम्मद वासिम, रियाज अहमद, मोहम्मद सानवाज, जमालउद्दिन सेख, मोहम्मद हमिद रजा, सुभाष चौधरी, मोहम्मद ओवास, अनिश कुमार, आलम सेख, मसली उद्दिन सेख, मोहम्मद नदिम, मोहम्मद ईमरान, मनीष कुमार, मोहम्मद हेदायत, मोहम्मद जनसार, मोहम्मद बिलाल, मोहम्मद असिम, मोहम्मद सर्फराज र मोहम्मद दानिस छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक एवम् स्रचना अधिकारी काजीकुमार आचार्यले उनीहरुले एक अर्ब ६४ करोड ३९ लाख ५७ हजार तीन सय ४० रुपियाँ बराबरको अनलाइन जुवा कारोबार गरेको देखिएको जानकारी दिनुभयो ।
यसैगरी, उनीहरुको साथबाट विभिन्न कम्पनीका ल्याप्टप २१ थान, विभिन्न कम्पनीका मोबाइल ३८ थान, वर्ल्व लिङ्कको राउटर तीन थान र सट्टेबाजी जुवासम्बन्धी हिसाब किताब भएको कापी र डायरी दुई थान बराबद गरिएको छ ।
उहाँले अनलाइन जुवा कारोबार गरेको देखिन आएको हुँदा उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमका कसुरमा समेत आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको बताउनुभयो ।