काठमाडौं, फागुन ६ गते । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षामा स्नातकोत्तर तहका विधागत कार्यक्रमका लागि सिट निर्धारण गरेको छ ।
आयोगले सोमबार चिकित्सा शिक्षा स्नातकोत्तर तहका विधागत कार्यक्रमका लागि भर्ना वर्ष २०८१/८२ (सन् २०२५) का लागि सिट निर्धारण गरेको हो ।
आयोगद्वारा गठित सिट निर्धारण सिफारिस समितिले पेश गरेको प्रतिवेदन अनुसार शिक्षण संस्थातर्फ एक हजार २६ र निजीतर्फ एक हजार ४० सिट गरी कुल दुई हजार ६६ सिट निर्धारण गरेको छ ।