• ८ फागुन २०८१, बिहिबार

‘एक्लो’ मा ठकुरीको फरक रूप

blog

काठमाडौँ , फागुन ५ गते । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको चलचित्र ‘एक्लो’ का मुख्यपात्र सुरजसिंह ठकुरीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा ठकुरीलाई डरलाग्दो रूपमा देखाइएको थियो । 

चलचित्रको सम्पूर्ण कार्य सकिएपछि मात्र प्रदर्शनको मिति तय गरिने निर्देशक प्रदीप शाहीले जानकारी दिनुभयो । चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डिसी, कविता नेपालीलगायत संयुक्त अधिराज्य (बेलायत) का अभिनेता जेमी बेकनको अभिनय रहेको छ ।