• १ फागुन २०८१, बिहिबार

च्याम्पियन्स लिगको पहिलो लेगमा सिटीलाई रियलको धक्का

blog

बल प्रहार गर्दै रियल म्याड्रिडका केलियन एमबाप्पे । तस्बिर : एपी/रासस

काठमाडौँ, माघ ३० गते । युइएफए च्याम्पियन्स लिगअन्तर्गत प्ले अफको पहिलो लेगमा इङ्लिस क्लब म्यानचेस्टर सिटीलाई स्पेनिस महारथि रियल म्याड्रिडको धक्का लागेको छ ।

सिटीको घरेलु मैदानमा मङ्गलबार राति भएको खेलमा रियलले सिटीलाई ३–२ गोलले हरायो । पाहुना टोली रियाललाई जिताउन केलियन एमबाप्पे, ब्रहिम डियाज र जुड बेलिङ्घमले गोल गर्नुभयो । यस्तै सिटीका लागि दुवै गोल अर्लिङ हालान्डले गर्नुभयो ।

खेलका सुरुवाती अग्रता सिटीले लिएको थियो । १९औँ मिनेटमा हालान्डको गोलगर्दै घरेलु टोलीको उत्साह जगाउनुभयो । ६०औँ मिनेटमा एमबाप्पेले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । 

त्यसपछि हालान्डले ८०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई पुनः अग्रता दिलाउनुभयो । सिटीको अग्रतापछि जोसिएको रियलले ८६औँ मिनेटमा डियाजको गोलमा बराबरी गरेको थियो । इन्जुरी समयमा बेलिङ्घमले गोल गर्दै रियलको जित सुनिश्चत बनाउनुभयो । दोस्रो लेग रियलको घरेलु मैदानमा खेलिनेछ । एजेन्सी