• २६ माघ २०८१, शनिबार

सातौं नेपाल एग्रिटेक इन्टरनेसनल एक्स्पो फागुन २ देखि काठमाडौंमा

blog

तस्बिर: न्यूज एजेन्सी नेपाल

काठमाडौं, माघ २६ गते । सातौं नेपाल एग्रिटेक इन्टरनेसनल एक्स्पो फागुन २, ३ र ४ गते काठमाडौंमा हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रा.लि.फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स प्रा.लि. तथा एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रा.लि.को संयुक्त आयोजनामा फागुन २, ३ र ४ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन लागेको हो ।

प्रदर्शनीमा नेपाल भित्रका कृषि उद्यमी, व्यावसायीका साथै विदेशी व्यावसायी तथा कम्पनीहरू रहने छन् । प्रदर्शनीमा एक सयभन्दा बढी स्टल रहने मिडिया स्पेस सोलुसन्स प्रा.लि.का प्रबन्ध निर्देशक सिर्जल भट्टराईले बताउनुभयो ।

उहाँले प्रदर्शनीले कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुग्ने उल्लेख गर्नुभयो । उहाँले साना–साना औजार, मेसिन तथा पशुपालन उद्योगमा प्रयोग हुने उपकरणहरू प्रदर्शनीमा राखिने जानकारी दिनुभयो । उहाँले नेपालको कृषि क्षेत्रको यान्त्रिकीकरणमा सहयोग पुर्‍याउन प्रदर्शनी कोशेढुङ्गा सावित हुने विश्वास रहेको जानकारी दिनुभयो ।

प्रबन्ध निर्देशक भट्टराईले प्रदर्शनीमा सबैलाई निःशुल्क प्रवेश रहेको बताउनुभयो । उहाँले प्रदर्शनीले नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम प्रविधि तथा सेवाहरूको पहिचान गर्न मद्दत पुग्ने र प्रविधिको प्रयोगबाट कृषि उत्पादनमा समेत वृद्धि भइ कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुर्‍याउने विश्वास रहेको बताउनुभयो ।

उहाँले प्रदर्शनीमा कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैँसी पालन, डेरी,कृषिका मेसिनरी औजार–उपकरण भेटेनरी, खाद्य प्रविधि बारेमा जानकारी गराइने बताउनुभयो । प्रदर्शनीमा फरक–फरक समूहका स्टलहरू रहने औंल्याउनुभयो । उहाँले मेलामा देशभरबाट बढीभन्दा बढी अवलोकनकर्ताहरू भित्र्याउने लक्ष्य रहेको बताउनुभयो ।