• २० चैत २०८१, बुधबार

मुख्यमन्त्री लामाले क्यान्सरविरुद्धको खोप अभियान शुभारम्भ गर्नुहुँदै

blog

हेटौँडास्थित बागमती प्रदेशको स्वास्थ्य निर्देशनालय ।

राममणि दाहाल
हेटौँडा, माघ २२ गते ।
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियानको बागमती प्रदेशस्तरमा हेटौँडाबाट शुभारम्भ गरिने भएको छ ।

पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपिभी) खोप अभियानको प्रदेश स्तरमा मङ्गलबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले एक कार्यक्रमका बिच शुभारम्भ गर्नुहुनेभएको हो ।

हेटौँडा उपमहानगरपालिका १० स्थित ज्ञानदा माविमा हुने कार्यक्रममा बिहान ११ बजे मुख्यमन्त्री लामाले प्रदेशस्तरमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियानको शुभारम्म गर्ने कार्यक्रम तय भएको बागमती प्रदेशको स्वास्थ्य निर्देशनलायले जनाएको छ ।

निर्देशनालयका निर्देशक नरेन्द्र झाले निर्देशनालय, हेटौँडा उपमहानगरपालिका र जनस्वास्थ्य कार्यालय मकवानपुरको संयुक्त आयोजनामा हुने कार्यक्रममा मुख्यमन्त्री लामाबाट अभियानको शुभारम्भ हुने बताउनुभयो ।

उहाँले अनुसार मङ्गलबारबाट आगामी फागुन ६ गतेसम्म सञ्चालन गर्न लागिएको खोप अभियानको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो ।

खोप अभियानअन्तर्गत १० देखि १४ वर्ष उमेर समूहका यस प्रदेशका दुई लाख ९८ हजार ९०५ जना किशोरीलाई खोप दिने गरी तयारी गरिएको छ ।

प्रदेशका १३ जिल्लाका विद्यालयहरु भित्र रहेका दुई लाख ७५ हजार ६१८ किशोरी र विद्यालय बाहिर रहेका २३ हजार २८७ जना किशोरीलाई खोप लगाउने अनुमान गरिएको छ ।

बागमती प्रदेशमा सबैभन्दा बढी काठमाडौं जिल्लामा एक लाख आठ हजार १०४ र सबैभन्दा कम रसुवाका एक हजार ६८६ किशोरीले उक्त खोप लगाउनेलक्ष्य राखिएकोछ ।

निःशुल्क प्रदान गरिने खोप अभियानका लागि प्रदेशमा चार हजार ५७९ खोप केन्द्र तय गरिएको निर्देशनालयको भनाइ छ । अभियानका लागि चार हजार ३२४ स्वास्थ्यकर्मी र आठ हजार ७३६ स्वयंसेवक परिचालित हुने छन् ।

प्रदेशका १३ जिल्लाका चार हजार ५७९ वटा खोप केन्द्रबाट खोप लगाइने छ ।

खोप अभियानका लागि तीन लाख एक हजार ८९४ भाइल खोप आवश्यक पर्ने निर्देशनालयले जनाएको छ ।