• २० माघ २०८१, आइतबार

वरिष्ठ कलाकार हेम पौडेलको स्मृतिमा पुस्तक विमोचन र चित्रकला प्रदर्शनी

blog

वरिष्ठ कलाकार तथा साहित्यकार हेम पौडेलको पहिलो स्मृतिको अवसरमा आयोजित कार्यक्रममा पुस्तक विमोचन गर्नुहुँदै अतिथि ।

काठमाडौँ, माघ २० गते। वरिष्ठ कलाकार तथा साहित्यकार हेम पौडेलको पहिलो स्मृतिको अवसरमा आयोजित कार्यक्रम सम्पन्न भएको छ। आइतबार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान चित्रकला प्रदर्शनी, पुस्तक विमोचन र पुरस्कार वितरण गर्दै कार्यक्रम सम्पन्न भएको हो।

नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति भुपाल राईको प्रमुख आतिथ्यतामा भएको  कार्यक्रममा ‘हेम पौडेलका कविता कविता’  र ‘बहुआयामिक व्यक्तित्व गङ्गा कर्माचार्य पौडेल’ कृतिको विमोचन भएको छ।सोही अवसरमा प्रतिष्ठानमा हेम पौडेलका २२ वटा कला चित्र प्रदर्शनीसमेत गरिएको छ। 


औपचारिक कार्यक्रममा हेम स्मृति कबा कविता प्रतियोगिता र चित्रकला प्रतियोगितामा सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको छ।

प्रतियोगितामा सहभागी भएका पहिलो, दोस्रो, तेस्रो हुनेलाई पुरस्कार वितरण गरिएको छ। कार्यक्रममा कवितातर्फ प्रथम भएको अनाम उपेक्षितको कविता ललितादोषीले वाचन गर्नुभयो। पुरस्कृत कवि देश बाहिर भएकाले कार्यक्रममा उपस्थित हुन नसक्नुभएको हो। दोस्रो हुने कवि अनिता ढकाल र तेस्रो हुने सुन्दर शिरीषले कविता वाचन गर्नुभयो। 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई प्रमुख अतिथि राई, प्राज्ञ संजय वान्तवा राई र वरिष्ठ साहित्यकार गङ्गा कर्माचार्य पौडेलले सम्बोधन गर्नुभयो। कार्यक्रमका वक्ताले हेम पौडेलको व्यक्तित्व र कृतित्व बारे चर्चा गर्नुभएको थियो।


नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र कपन बानेश्वर राष्ट्रिय  साहित्यिक साप्ताहिकले कार्यक्रमको आयोजना संयुक्त रुपमा आयोजना गरेका हुन्।