• २० माघ २०८१, आइतबार

फुटबल क्लबलाई ललितपुर महानगरको सम्मान

blog

सम्मान कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायत ।

काठमाडौँ, माघ २० गते । ललितपुर महानगरपालिकाले ललितपुरका ए, बी, सी डिभिजन तथा विभिन्न मोफसल प्रतियोगिताका विजेता क्लबहरूलाई आइतबार एक  समारोहबिच नगद पुरस्कारसहित सम्मान गरेको छ ।

महानगरपालिकाले ए डिभिजनका पाँच क्लब– थ्रीस्टार क्लब, फ्रेन्डस् क्लब, जावलाखेल युथ क्लब, चर्च ब्वाइज युनाइटेड, सातदोबाटो युथ क्लबलाई जनही चार लाख रुपियाँ प्रदान गरेको छ । 

यस्तै बी डिभिजनका तीन क्लब–च्यासल युथ क्लब, खुमलटार एफसी, ब्रिगेड ब्वाइज युनाइटेडलाई जनही तीन लाख र सी डिभिजनका चार क्लब–खालीबारी युथ क्लब, पुलचोक स्पोर्ट्स क्लब, झम्सीखेल युथ क्लबलाई जनही दुई लाख रुपियाँसहित सम्मान गरेको छ।

यस्तै विभिन्न मोफसल प्रतियोगिता जित्ने चर्च ब्वाइज युनाइटेड र ब्रिगेड ब्वाइज युनाइटेडलाई प्रत्येक प्रतियोगिता जितेबापत ४ लाख रुपियाँका दरले सम्मान गरिएको छ । जसमा पाँच नकआउट प्रतियोगिता जितेको चर्च ब्वाइजले २० लाख र दुई प्रतियोगिता जितेको ब्रिगेड ब्वाइजले आठ लाख रुपियाँ पुरस्कार पाएको छ । 

क्लबहरूलाई समारोहमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, एन्फा महासचिव किरण राईलगायतले चेक हस्तान्तरण गर्नुभयो ।