अमरराज नहर्की
तनहुँ, माघ १६ गते । राष्ट्रपति रामचन्द्र पौडेल बुधबार गृह जिल्ला तनहुँ आउनुभएको छ । माघ १६ गते सहिद दिवसको उपलक्ष्यमा गृह जिल्लामा तनहुँमा गरिने कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल तनहुँ आउनुभएको हो ।
व्यास नगरपालिका–८ पुलिमराङ स्थित शहीदहरूको प्रतिमाहरूमा माल्यार्पण गर्नुका साथै र स्थानीय बासिन्दासँग भेटघाट भेटघाट गर्नुभएको हो । राष्ट्रपति जन्म गाउँमा आएपछि स्थानीय बासिन्दामा खुसी छाएको स्थानीय रामप्रसाद मिश्रले बताउनुभयो ।
मिश्रले भन्नुभयो, "राष्ट्रपति आफ्नो जन्मगाउँ, हुर्की खेलेको ठाउँमा आउँदा रिस्तीवासीमा उत्साह छाएको छ ।" तनहुँमा शहीदको सालिकमा माल्यार्पण पछि राष्ट्रपति पौडेल लमजुङको मध्यनेपाल नगरपालिका–३ सोतीपसल स्थित मङ्गला माध्यामिक विद्यालयको हिरक जयन्तीको कार्यक्रमलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ ।
राष्ट्रपति पौडेललाई प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा लगायतले स्वागत गर्नुभएको थियो ।