• १४ माघ २०८१, सोमबार

माओवादीद्वारा प्रदेश सभा बैठक अवरुद्ध

blog

कर्णाली प्रदेश सभा बैठक अवरुद्ध गर्दै माओवादी केन्द्रका प्रदेश सभा सदस्यहरू ।

मुना हमाल

सुर्खेत, माघ १३ गते । नेकपा (माओवादी केन्द्र) ले प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ । आइतबार बसेको प्रदेश सभाको बैठक विषयसूचीमा प्रवेश गर्न नपाइ माओवादीका प्रदेश सभा सदस्यले अवरुद्ध गरेका हुन् । 

माओवादी संसदीय दलका नेता राजकुमार शर्माले सरकार मनपरी ढङ्गबाट अघि बढेको भन्दै यसरी प्रदेशसभा अघि नबढने बताउनुभयो । उहाँले वार्षिक १० हजारलाई रोजगार दिने परियोजना अघि नबढाइएको भन्दै बैठक अवरुद्ध गरेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘रोजगार सिर्जना समृद्ध कर्णाली सुखारी कर्णालीवासीको मुख्य नारा र लक्ष्यअनुसार कर्णाली समृद्धि परियोजनाको कल्पना गरेका थियौं । तर त्यस्तो भएन ।’ प्रक्रिया अघि नबढेसम्म प्रदेश सभा बैठक चल्ने नदिने उहाँको भनाइ छ ।