गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ १२ गते । वन टु थ्री स्टुडियोज प्रालिको ब्यानरमा बन्ने नयाँ नेपाली चलचित्र ‘माया प्रीति’ घोषणा गरिएको छ । प्रेमिल कमेडी श्रेणीमा आधारित चलचित्रलाई अवि श्रेष्ठले निर्देशन गर्दै हुनुहुन्छ । चलचित्रका कार्यकारी निर्मातामा अभिनेत्रृ निशा अधिकारी र सन्तोषकुमार कार्की रहनुभएको छ । निर्देशक श्रेष्ठका अनुसार यो नयाँ युगको प्रेम कथा हो, जसले सहज वा असहज परिस्थितिमा पनि प्रेमको मूल्यलाई एक समान राख्छ । चलचित्रबाट निर्देशनमा ‘डेब्यु’ गर्न लागेका श्रेष्ठले हलिउडको प्रसिद्ध टेलिभिजन च्यानल एचबिओमा काम गरिसक्नुभएको छ ।