अर्जुन काफ्ले
स्याङ्जा, माघ १० गते । अर्जुनचौपारी गाउँपालिका-५ गैराथरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । गोठका चौपायाहरुलाई कुँडो पकाउने क्रममा आगलागी भएको हो ।
आगलागीमा परी एउटा भैंसी, एउटा भैंसीको पाडो, दुईवटा बाख्रा मरेका छन् भने एउटा गोरु घाइते भएको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।
आगलागीबाट स्थानीय सूर्यप्रसाद पौडेलको दुईतले जस्ताको छानो भएको गोठमा रहेका चौपायाहरुमा क्षति पुगेको र अन्दाजी २० भारी पराल जलेर नष्ट हुँदा करिब आठ लाख रुपियाँ बराबरको क्षति भएको पौडेलले बताउनुभयो ।
घटनामा कुनै मानवीय क्षति नभएको प्रहरी नायब उपरीक्षक पौडेलको भनाइ छ ।