• १४ माघ २०८१, सोमबार

किरणको एकल अभिनय ‘अनुत्तर’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ७ गते । सद्भाव थिएटर नेपालको प्रस्तुति रहेको नाटक ‘अनुत्तर’ थाइल्यान्डको अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा छनोट भएको छ । नेपालको प्रतिनिधित्व गर्दै महोत्सवमा रङ्गकर्मी किरण चापागाईंलगायत नाटकका टिम सहभागी हुँदै छन् । नाटकमा रङ्गकर्मी चापागाईंको एकल प्रस्तुति रहने छ ।

महोत्सव जनवरी २३ देखि २७ तारिखसम्म थाइल्यान्डको मोराडोक (माई थियटर) र फेब्रुअरी ७ देखि ९ सम्म बैङ्कक आट्र्स एन्ड कल्चरल सेन्टरमा हुने छ । यसअघि अनुत्तर सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा नियमित मञ्चन भएको थियो । नाटकका लेखक तथा निर्देशन राम केएसीको रहेको छ । नाटकमार्फत विदेशमा रुमलिएका युवाको एक्लोपनको कथा प्रस्तुत गरिएको छ । सुशीलालक्ष्मी महर्जनको सहनिर्देशन रहेको नाटकमा टीकाभक्त जिरेलको प्रकाश र सङ्गीत संयोजन छ ।