गोरखापत्र अनलाइन
काठमाडौं, माघ २ गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि गरेको छ । माघ ३ गते विहान १ बजेदेखि बृद्धिभएको मूल्य लागुहुने निगमले जनाएको छ ।
निगमका प्रवक्ताद्वारा जारी विज्ञप्तिअनुसार पेट्रोलको मूल्यमा २ रुपियाँ बृद्धि भएको छ । त्यस्तै, डिजेल र मट्टितेलमा ३–३ रुपियाँको दरले बृद्धि भएको छ । इण्डियन आयल कर्पोरेशनले १५ जनवरी २०२५ बाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यसूचि पठाएपछि सोअनुसार मूल्य बृद्धि भएको निगमका प्रवक्ताको भनाइ छ ।
बृद्धि मूल्यअनुसार पेट्रोलको प्रतिलिटर १६५ रुपियाँसम्म पुगेको छ । त्यस्तै, डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य १५६ रुपियाँ पुगेको छ ।