• २ माघ २०८१, बुधबार

प्रधानमन्त्री कप : एपिएफको सानदार जित

blog

काठमाडौँ, माघ १ गते । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा विभागीय टोली एपिएफ क्लबले कर्णाली प्रदेशमाथि सानदार जित निकालेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा एपीएफले कर्णालीलाई एक सय ११ रनले हरायो । जितका लागि एपिएफले दिएको एक सय ८३ रनको लक्ष्य पछ्याएको कर्णाली निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ७१ रनमा समेटियो । 

कर्णालीका लागि दीक्षा पुरीले १७ र रमा बुढाथोकीले १० रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा एपिएफकी करुणा भण्डारीले तीन विकेट लिनुभयो । विनु बुढा, रेखा रावल र सुमन विष्टले एक एक विकेट लिनुभयो । 

यसअघि टस जितेर ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा एक विकेटको क्षतिमा एक सय ८२ रन बनाएको थियो । एपिएफका लागि ममता चौधरी र कप्तान इन्दु बर्माले अर्धशतकीय पारी खेल्नुभयो ।

ममताले अविजित ७८ र इन्दुले अविजित ५२ रन बनाउनुभयो । ओपनर राजमती ऐरीले २२ रन जोड्नुभयो । बलिङमा कर्णालीकी लागि दीक्षा पुरीले एक विकेट लिनुभयो ।