काठमाडौँ, पुस २९ गते । विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा राष्ट्रिय महिला लिग फुटबलमा बागमती प्रदेश माथि सहज जित निकालेको छ ।
सुपर लिग अन्तर्गत एन्फा मैदान सातदोबाटोमा सोमबार भएको खेलमा आर्मीले बागमतीलाई ३–० गोलले हरायो । आर्मीको जितमा सपना लामा, पुनम जर्घा मगर र चन्द्रा भण्डारीले गोल गर्नुभयो ।
यसअघि सुपर लिगको पहिलो चरणको खेलमा पनि आर्मीले बागमतीलाई २–० गोलले हराएको थियो । जितसँगै आर्मीले पाँच खेलबाट १० अङ्क बनाएको छ । पराजित बागमतीको समान खेलबाट तीन अङ्क छ ।