• २८ पुस २०८१, आइतबार

सुनको मूल्य तोलामा १६०० ले बढ्यो

blog

काठमाडौँ,  पुस  २८ गते ।  अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य २७०४ अमेरिकी डलर निर्धारण भएको छ । गत शुक्रबार सोही परिमाणको पहेँलो धातु २६८१ डलरमा कारोबार भएको थियो ।   

गत शुक्रबारको तुलनामा आज प्रतितोला सुनमा रु. एक हजार ६०० ले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि रु. १५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुन आज रु. एक लाख ५५ हजार ७०० मा कारोबार भएको छ भने सोही परिमाणको चाँदीको मूल्य एक हजार आठ सय ६० कायम भएको छ । रासस