काठमाडौँ, पुस २३ गते । विश्व चलचित्र क्षेत्रमा ओस्कारपछिको सबैभन्दा ठुलो र प्रतिष्ठित गोल्डेन ग्लोब्स अवार्डमा अमेरिकन चलचित्र ‘दी ब्रुटालिस्ट’ ले वर्चस्व कायम गरेको छ । युद्धपछिको आप्रवासी अनुभव दर्शाउने यस चलचित्रले पाँच विधामा उत्कृष्ट अवार्ड हात पार्दै यस वर्ष हुने ओस्कारमा आफ्नो दरिलो उपस्थिति देखाउने पक्का छ । यसै गरी शल्यव्रिmयामार्फत लिङ्ग परिवर्तन गर्ने लागुऔषध कारोबारी गिरोहको मालिकको कथावस्तुमा आधारित चलचित्र ‘इमिलिया पेरेज’ ले पनि चार विधामा आफूलाई उत्कृष्ट बनाएको छ ।
८२ औँ संस्करणको अवार्डमा इमिलिया पेरेज १० वटा विधामा मनोनयनमा परेको थियो । ‘इमिलिया पेरेज’ ले उत्कृष्ट म्युजिकल÷कमेडीसहित चार विधामा अवार्ड जित्यो । ‘दी ब्रुटालिस्ट’ ले उत्कृष्ट चलचित्र (ड्रामातर्फ) सहित उत्कृष्ट अभिनेताको अवार्ड पनि हात पा¥यो । चलचित्रबाट एड्रिन ब्रोडीले उत्कृष्ट अभिनेताको अवार्ड पाउनुभयो । सोही चलचित्रबाट ब्राडी कार्बेट उत्कृष्ट निर्देशक बन्नुभयो । चलचित्र आई एम स्टिल हियरबाट फेरान्डा टोरेस उत्कृष्ट अभिनेतृ बन्न सफल हुनुभएको छ ।
जापानको सामन्ती अवस्थाको कथा भन्ने निर्देशक हुलुको ‘सोगुन’ ले टेलिभिजनको ड्रामातर्फ चार वटा पुरस्कार जित्न सफल भयो । यसै गरी नेटफ्लिक्सतर्फ म्युजिकल÷कमेडी र उत्कृष्ट गैरअङ्ग्रेजीमा इमिलिया पेरेज उत्कृष्ट चलचित्र बनेको छ । एजेन्सी