• २४ पुस २०८१, बुधबार

भिमसेनथापा गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड सुरु

blog

गुणबहादुर रोका 

सुलीकोट, पुस २२ गते । गोरखाको भिमसेनथापा गाउँपालिकामा चौथो राष्ट्रपटि रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । भिमसेनथापा गाउँपालिकाको रमणीय स्थल वडा नम्बरको ६ को बगुवास्थित शान्ति माविको खेलकुद मैदानमा सोमबारबाट सुरु भएको प्रतियोगितामा गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जराले एक कार्यक्रमकाबिच उद्घाटन गर्नुभएको छ । 

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता अन्तर्गत पहिलो दिन १५ सय मिटर दौड, सटपुट लगायतका खेल सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चित्र बहादुर अधिकारीले जानकारी दिनुभयो । 

प्रतियोगिता अवधिभर छात्र–छात्रा भलिबल, एथलेटिक्सतर्फ एक सय, दुई सय, चार सय, आठ सय र तीन हजार मिटर दौड प्रतियोगिता हुने उहाँले जानकारी दिनुभयो । 

त्यस्तै हाइजम्प, सटपुट लगाएतका खेलहरू गरी कुल १६ खेल समावेश गरिएको उहाँले बताउनुभयो । प्रतियोगितामा गाउँपालिका भरिका बाह्र वटा माध्यमिक विद्यालयको सहभागिता रहेको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जारा, उपाध्यक्ष्य अमृता देबी वस्ती, प्रमुख प्रशासकिय अधिकृत चित्र बहादुर  अधिकारी, पालिका खेलकुद बिकास समिति संयोजक निराजन श्रेष्ठ, लगायतको उपस्थितीमा प्रतियोगिताको उद्घाटन गरिएको थियो ।