राममणि दाहाल
हेटौँडा, पुस २२ गते । मकवानपुर र काठमाडौँ जोड्ने महालक्ष्मी खोला–चखेल–मातातीर्थ सडक स्तरोन्नतिका क्रममा आज सोमबारबाट बन्द गरिएको छ ।
मकवानपुरको महालक्ष्मी खोला–मातातीर्थ सडक अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ५ स्थित महालक्ष्मी खोला नजिकै भिर कटानका लागि उक्त सडक खण्ड १५ दिनका लागि बन्द गरिएको वडा नं. ५ का वडाध्यक्ष दूतराज तितुङले जानकारी दिनुभयो ।
महालक्ष्मी खोलादेखि चखेल देउराली हुँदै जाने आज सोमबारदेखि आगामी माग ७ गतेसम्म बन्द हुनेछ ।
बागमती प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय मकवानपुरबाट मकवानपुरतर्फको सडक खण्डमा स्तरोन्नतिका क्रममा सडक बन्द गरिएको वडाध्यक्ष तितुङले बताउनुभयो ।
उक्त सडकको मकवानपुरतर्फ सडक खण्डमा हाल स्तरोन्नतिको काम भइरहेको उहाँले बताउनुभयो ।