• २३ पुस २०८१, मङ्गलबार

गोरुसिङ्गे–चन्द्रौटा सडक चार लेनको बन्दै

blog

जानु पाण्डे

कपिलवस्तु, पुस २२ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको गोरुसिङ्गे–चन्द्रौटा चार लेन सडक निर्माणमा १० अर्ब लागत लाग्ने अनुमान गरिएको छ । बुद्धभूमि नगरपालिका–९, पुल्चोकदेखि शिवराज वडा नम्बर ६, उमरी चोकसम्मको १९ किलोमिटर सडक विश्व बैङ्कको ऋण सहयोगमा निर्माण हुन लागेको हो । 

उक्त सडक अन्तर्गत बजार क्षेत्रको पाँच किमी सडक छ लेन र अन्य क्षेत्र चार लेनको हुने सडक आयोजनाका इन्जिनियर जिगेश चौधरीले बताउनुभयो । सहरी क्षेत्रमा ५०, सहरोन्मुख क्षेत्रमा ३७ र जङ्गल क्षेत्रमा २४ मिटर चौडाइको बन्ने छ ।

शिवराज नगरपालिकाको चन्द्रौटा चोकमा २० मिटर चौडा र आठ सय मिटर लामो ‘भेइकुलर अन्डरपास’ निर्माण हुने छ । जसले सडकमा हुने दुर्घटना नियन्त्रण र ट्राफिक कन्ट्रोलमा सहज हुने छ । लामो दुरीका सवारीसाधन अन्डरपास माथिबाट पास हुने छ । स्थानीय सवारीसाधन भियुपीको भित्रबाट चल्ने छन् । 

भियुपीको दायाँबायाँ दुई वटा पे्रडिस्टियल अन्डरपास हुने छ । यात्रुले सडक वारपार गर्नका लागि यो डिजाइन गरिएको बताइएको छ । छ स्थानमा प्रेडिस्टियल ओभर पास (आकासे पुल) निर्माण गर्ने योजना रहेको छ । 

यो खन्ड ‘लेफ्ट साइड वाइडनिङ कन्सेप्ट’ मा डिजाइन गरिएको छ । सडक निर्माण गर्दा जनताले समस्या नभोग्न नेपालमा पहिलो पटक यो कन्सेप्ट लागु हुने छ । जस अन्तर्गत बायाँतर्फको एकतर्फी सडक सुरुमा निर्माण गरिने छ । 

त्यसपछि हाल प्रयोगमा आएको सडक निर्माणको काम चल्ने इन्जिनियर चौधरीले बताउनुभयो । सडक विस्तारका व्रmममा १२ नयाँ पुल निर्माण हुने छन् । ६० कलभर्ट र ११ स्थानमा पाइप कलभर्ट निर्माण हुने छन् । 

सडकका दुवै छेउमा २.५ मिटरका पैदलमार्ग हुने छन् । ठुला, मझौला र साना वन्यजन्तु आउजाउ गर्न छ वटा अन्डरपास निर्माण हुने छन् । बेल नदी र ज्वई खोला पुलमुनिबाट ठुला वन्यजन्तु वारपार गर्ने संरचना निर्माण हुने छ । 

एक सय किलोमिटर प्रतिघण्टाको गतिमा सवारीसाधन गुड्न सक्ने गरी बनाउन लागेको सडक आधुनिक र वातावरणमैत्री बन्ने सार्वजनिक सुनुवाइ कार्यव्रmममा जानकारी गराइएको छ । डिभाइडरमा फलफूलका बिरुवा लगाउने, सडकबत्ती जडान गर्ने तथा यात्रु प्रतीक्षालय, सवारी रोक्ने स्थलसमेत निर्माण हुने छन् । 

उक्त आयोजना हाल डिजाइन फेजको चरणमा रहेको छ । प्रारम्भिक वातावरणीय प्रतिवेदनका लागि सार्वजनिक सुनुवाइ गर्ने, सडक निर्माणमा मासिने बोटबिरुवाको गणना अन्तिम चरणमा र वन्यजन्तु तथा चराचुरुङ्गीको अवस्था सर्वेको काम सकिएको वातावरविज्ञ युवराज ढकालले बताउनुभयो ।

 बुद्धभूमि र शिवराज नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । दक्षिण पूर्वी एसियामा द्रुत गतिको यातायातलाई प्रवर्धन गर्ने उद्देश्यले निर्माण गरिएको सडकले जिल्लाका उत्पादन, व्यापार, पर्यटनमा समेत टेवा पुग्ने विश्वास गरिएको बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशवकुमारश्रेष्ठले बताउनुभयो ।