काठमाडौँ, पुस २१ गते । माउन्ट एभरेस्ट मोटरस्पोट्स फेस्टिभलमा आशिष भारतीे अटोक्रस च्यालेन्ज र नेपाल अटोजिमखाना (पुरुष) तथा आशिष कुमार शाक्य कार्ट्समाण्डु कप र नवाङ्ग मोक्ताङल नेपाल अटोजिमखाना (महिला) मा प्रथम हुनुभएको छ ।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा हिमालयन मोटरल्याड, धुलिखेलमा माउन्ट एभरेस्ट मोटर स्पोर्ट्स फेस्टिभल सम्पन्न भएको हो ।
अन्तर्राष्ट्रिय अटोमोवाइल फेडेरेसको स्पोर्ट्स डेभलपमेन्ट प्रोग्राम अन्तर्गत टोटल इनरजिज नेपालको शीर्षक प्रायोजन र बागमती प्रदेश खेलकुद विकास परिषद्को अर्थिक सहयोगमा भएको फेस्टिभलमा मोटर स्पोर्ट्सका चारवटा विधामा रेसका साथै एटिभिडेमो र भिन्टेज कार प्रदर्शनी लगायतका विभिन्न आकर्षण रहेको थियो ।
फेस्टिभलको अटोक्रस च्यालेन्जमा रविन सुनुवार र सुन्दर होना, कार्ट्समाण्डुका प्रविन कार्की र जय प्रताप मास्के, जिमखाना पुरुषमा रविन सुनुवार र दिग्विजय अधिकारी तथा जिमखाना महिलामा वर्षा बस्नेत र प्रज्ञा कडेलले क्रमशः दोस्रो र तेस्रो हुनुभयो ।
विजेता, उपविजेता र तेस्रो हुनेलाई उपाधिसहित २७ हजार, नौ हजार र तीन हजार रुपियाँ पुरस्कार प्रदान गरियो । प्रतियोगिताको बागमती प्रदेश खलकुद परिषद्का सदस्य सचिव दीपक लामाले उद्घाटन गर्नुभएको थियो ।
विजेतालाई नेपाल अटोमोवाइल्स एसोसिएसनका अध्यक्ष दशरथ रिसाल र सल्लाहाकार ठाकुरप्रसाद न्यौपाने, टोटल इनर्जिज नेपालका सेल्स डेड सुवोध थापा लगायतले पुरस्कार प्रदान गर्नुभयो ।